२०८१ फाल्गुन ४ गते , आईतबार

विश्वकप फाइनल खेलाउने रेफ्री यी हुन् 

sajilo news
एजेन्सी
२०७९ पौष १ गते , शुक्रबार
विश्वकप फाइनल खेलाउने रेफ्री यी हुन् 

कतार विश्वकप फाइनल खेल पोल्यान्डका रेफ्री सायमन मार्चिनियाकले खेलाउने भएका छन्।  लुसेल मैदानमा आइतबार राति पौने ९ बजे हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पहिलो पोलिस रेफ्री भएका छन्। मार्चिनियाकले सन् २०१८ को युइएफए सुपरकपको फाइनल खेलाएका थिए।  मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन्। उनले ग्रुप स्टेजमा फान्स र डेनमार्कको खेल खेलाएका थिए।
त्यस्तै राउण्ड अफ १६ मा अर्जेन्टिना र अष्ट्रेलियाको खेलमा रेफ्री थिए। जसमा फ्रान्सले डेनमार्कलाई २–० ले पराजित गरेको थियो भने अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले हराएको थियो। 
कतारका अब्दुलरहमान अली जासिमले तेस्रो स्थानको खेल खेलाउने छन्। तेस्रो स्थानको लागि क्रोएसिया र मोरक्कोबीच शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा हुनेछ।  अब्दुलरहमानलाई तालेव अलि मारी र साउद अहमेद अल्माकलेहले सहायक रेफ्रीमा रहयोग गर्नेछन्। 

सम्बन्धित समाचार