२०८३ भाद्र ११ गते , विहीबार
मेचीनगरमा ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
झापामा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल दार्जिलिङका २८ वर्षीय मनोज गिरी र सोही ठाउँका ३० वर्षीय प्रमोद कुमार राउत रहेको प्रहरीले जनाएको छ ।
लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका १० मा WB74 BF 5817 भारतीय नम्बर प्लेटको स्टकुरलाई शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट ४३ ग्राम ब्राउन सुगर बरामद भएको थियो । ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ