२०८३ भाद्र ९ गते , मंगलबार

बिर्तामोडस्थित सैनिकमोडको होटलमा प्रहरीको छापा

sajilo news
झापा
२०८३ भाद्र ८ गते , सोमबार
बिर्तामोडस्थित सैनिकमोडको होटलमा प्रहरीको छापा

बिर्तामोड । युवती राखेर यौन व्यवसाय सञ्चालन गरिरहेको गुनासो बढेपछि प्रहरीले बिर्तामोडस्थित मेची आँखा अस्पताल सैनिकमोड क्षेत्रका होटलमा छापा मारेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले आज राति त्यहाँका होटलहरुमा छापा मारेको हो ।

त्यसक्रममा होटल सेभेन इनबाट सञ्चालकसहित तीनजना पक्राउ परेका छन् । होटलका सञ्चालक गंगा गुरुङ र त्यहाँ रहेका युवतीहरूलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

अनैतिक क्रियाकलाप हुने गरेको गुनासो आएका होटलहरुमा सर्च अपरेसन जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले बताए ।

सम्बन्धित समाचार