२०८३ भाद्र ११ गते , विहीबार

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला

sajilo news
झापा
२०८३ भाद्र ११ गते , विहीबार
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला

रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म २७० जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रसुवाबाट सुरु भएको बाढीको प्रभाव तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीसम्म परेको छ। विभिन्न जिल्लामा बाढीले बगाएर ल्याएका तथा प्रभावित क्षेत्रमा फेला परेका शव संकलन भइरहेको प्रहरीले जनाएको छ।

पछिल्लो विवरणअनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, पूर्वी नवलपरासीमा ६२ र पश्चिम नवलपरासीमा १५ जनाको शव फेला परेको छ।

बाढीपछि नेपाल प्रहरीले उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र बनाएको छ। प्रभावित क्षेत्रमा शव व्यवस्थापन, मुचुल्का लेखन, राहत वितरण तथा सडक अवरोध हटाउने कामसमेत भइरहेको नेपाल प्रहरीले जनाएको छ।

भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण नदी आसपासका बस्ती, सडक तथा विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार