२०८३ भाद्र ११ गते , विहीबार
भारत लैजाँदै गरेको साढे ९ लाखको मदिरासहित दुईजना पक्राउ
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका- ७ स्थित परिक्रमा गाछी इलाकाबाट मंसीर २६ गते सशस्त्र प्रहरीले करिब ९ लाख ६४ हजार रुपैयाँ बराबरको ४० कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोकेको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिहानीले भारतमा घर बताउने ३६ वर्षीय राजा साह र २२ वर्षीय अजित कुमारलाई नियन्त्रणमा लिएको हो ।
बीआर ०६ पीबी ९७११ नम्बरको बोलेरोमा राखेर नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएको उक्त मदिरा तथा गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई बरामद मदिरा तथा गाडीसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ