२०८३ भाद्र ११ गते , विहीबार
दमकमा ब्राउन सुगरसहित एक महिला पक्राउ
झापामा लागु औषध ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा दमक नगरपालिका- ९ निवासी ४५ वर्षीया तुलमाया तामाङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शङ्का लागी चेक जाँच गर्दा उनको साथबाट ब्राउन सुगर जस्तो देखिने लिस्याइलो पदार्थ ५ ग्राम फेला परेको हो । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ