२०८३ बैशाख ७ गते , सोमबार

अर्जेन्टिनालाई फिफाले गर्‍यो कारबाही

sajilo news
एजेन्सी
२०७९ मंसीर २५ गते , आईतबार
अर्जेन्टिनालाई फिफाले गर्‍यो कारबाही

दोहा । विश्वकप खेलिरहेको अर्जेन्टिनालाई फिफाले कारबाही गरेको छ। क्वार्टरफाइनलअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध अनुशासन उल्लंघन गरेको भन्दै फिफाले अर्जेन्टिनालाई जरिवाना गर्ने भएको छ। विश्व फुटबलको नियामक निकाय फिफाले खेलमा ‘अर्डर एन्ड सेक्युरिटी’उल्लेख गरेको छ

डच टिमले अन्तिम समयमा दुई गोल गर्दै खेल अतिरिक्त समयमा पुर्‍याएपछि अर्जेन्टिनाको प्रशिक्षण टिम र बेन्चमा भएका खेलाडी मैदानमा प्रवेश गरेर विवादमा उत्रिएका थिए। अतिरिक्त समयको अन्त्यसम्म २-२ गोलको बराबरीपछि पेनाल्टी सुट आउटमा अर्जेन्टिना विजयी भएपछि पनि विवाद भएको थियो।

कप्तान लियोनेल मेसी पनि त्यो खेलका दौरान र खेल सकिएपछि पहेँलो कार्ड पाउने १७ जना खेलाडी-अफिसियलमध्ये एक थिए। एकै खेलमा पाँच पहेँलो कार्ड पाएको र अनुशासनहीन गतिविधिले जरिवाना हुने भएको हो।

नेदरल्यान्ड्सलाई पनि जरिवाना हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्। दुवै टिमलाई १६ हजार अमेरिकी डलरसम्म जरिवाना हुन सक्ने छ।

सम्बन्धित समाचार