२०८३ जेष्ठ १२ गते , मंगलबार

तोलाकै एक लाख पाँच सय रुपैयाँ पुग्यो सुनको मूल्य

sajilo news
रासस
२०७९ मंसीर २५ गते , आईतबार
तोलाकै एक लाख पाँच सय रुपैयाँ पुग्यो सुनको मूल्य

झापा । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेर रु एक लाख पाँच सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन सयमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार आठ सय थियो ।   त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १०ले बढेर रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ । 
    
किन हुन्छ सुन चाँदीको मूल्य घटबढ ?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव प्रमुख कारण रहेको बताउछन्। 

“सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्य र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य तोकिने गरेको छ”, अध्यक्ष शाक्यले भने । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९७ दशमलव ३५ डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार