२०८३ भाद्र ११ गते , विहीबार
पोर्चुगल पठाइदिने भन्दै २७ लाख ठगी गर्ने झापाका एक जना पक्राउ
पोर्चुगल पठाइदिने लोभमा पारेर ठगी धन्दा चलाउने एक व्यक्ति समातिएका छन् । पक्राउ पर्नेमा झापा घर भई हाल भक्तपुर बस्ने ३८ वर्षीय सञ्जीव आचार्य रहेका छन् । उनले पोर्चुगल पठाइदिने भन्दै चार जनाबाट २७ लाख ठगेको आरोप लागेको छ ।
वर्किङ भिसामा वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाउने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा फुड्स किपिङको काम लगाइदिने लोभ देखाएर आचार्यले लाखौँ रकम लिएको पीडितले बताएका छन् । रकम लिएर उनी सम्पर्कविहीन भएपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका हुन् ।
प्रहरी टोलीले उनलाई आज भक्तपुरको गठ्ठाघरबाट नियन्त्रणमा लिएको हो । थप अनुसन्धान तथा कारबाहीका लागि अभियुक्त आचार्यलाई वैदेशिक रोजगारी विभागमा पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ