२०८३ भाद्र ११ गते , विहीबार
प्रहरीको सई भन्दै ठगी गर्ने एक जना पथरीबाट पक्राउ
नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक (सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा आफुलाई प्रहरीको सई भन्दै ठगी गरेको इलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए । कन्दङवालाई १५ गते पथरी शनिश्चरे नगरपालिका– ३ बाट पक्राउ गरि सोमबार सार्वजनिक गरिएको हो । कन्दङवाको साथबाट एक थान मोबाइल, नगद रु सत्र हजार र को ३२ प ५९८९ नं को मोटरसाइकल समेत बरामद गरिएको प्रनाउ गौतमले जानकारी दिए ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ