२०८३ भाद्र ११ गते , विहीबार
चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
विराटनगरबाट एक फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका- ६ का २८ वर्षीय शेखर कामत रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मोरङ जिल्ला अदालतको मिति २०७९ असोज १६ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना ५ दिन कैद र २ हजार ५ सय जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका चोरी मुद्दाका फरार कामतलाई प्रदेश प्रहरी कार्यालयको आरआइटी टोलीले पक्राउ गरेको हो ।
खोज तलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरी मोरङ जिल्ला अदालतमा दाखिला गरे पश्चात् कैद भुक्तानको लागी जिल्ला कारागार मोरङ पठाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ