२०८१ फाल्गुन ४ गते , आईतबार

बेल्जियम समूह चरणबाटै बाहिरियो

sajilo news
एजेन्सी
२०७९ मंसीर १६ गते , शुक्रबार
बेल्जियम समूह चरणबाटै बाहिरियो

दोहा । विश्वकप फुटबलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम समूह चरणबाटै बाहिरिएको छ। प्रतियोगितामा क्रोएसिया र मोरक्कोले नकआउटमा स्थान बनाएका छन्।

नेपाली समयअनुसार बिहीबार राति भएको समूह ‘एफ’ अन्तर्गतको खेलमा बेल्जियमलाई अघिल्लो चरण प्रवेशका लागि जित आवश्यक थियो। तर क्रोएसियासँग बराबरीमा रोकिएसँगै बेल्जियमको यात्रा समाप्त भएको छ।

दुवै टिमले गोलका केही राम्रा मौका चुकाएका थिए। बेल्जियमका स्टार खेलाडी रोमेलु लुकाकुले गरेका उत्कृष्ट प्रयास विफल हुँदा बेल्जियमले नकआउटको अवसर गुमायो।

सम्बन्धित समाचार