२०८३ बैशाख ९ गते , बुधबार

विश्वकप फुटबल : आज चार खेल

sajilo news
एजेन्सी
२०७९ मंसीर १२ गते , सोमबार
विश्वकप फुटबल : आज चार खेल

कतार विश्वकपअन्तगर्त आज समूह चरणको खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल र स्वीट्जरल्याण्ड आमनेसामेन हुँदैछन्।  यो खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ। 

ब्राजिलका स्टार नेइमार र डिफेन्डर ड्यानीलो टिम बाहिर रहनेछन् । दुवै टिमले समूहको आफ्नो पहिलो खेलमा चोट बोकेका थिए।   पहिलो खेलमा जित निकालेको स्वीट्जरल्याण्डले आज पनि लयलाई कायमै राख्न चाहन्छ। उसले क्यामरुनलाई १ – ० गोलले हराएको थियो।

यस्तै सोही समूहमा सर्विया र क्यारुनपहिलो जितको खोजीमा हुनेछन्। यो खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे  हुनेछ।  बेलुकी पौने ७ बजे हुने खेलमा समूह एचका दक्षिण कोरिया र घाना भिड्दैछन्। पहिलो खेल बराबरी गरेको दक्षिण कोरिया तालिकाको दोस्रो स्थानमा छ। पहिलो खेल हारेको घाना तालिकाको पुच्छारमा छ । 

पहिलो खेलमा दुवै टिमले हारेका थिए। अघिल्ला चरणमा प्रवेश गर्ने हो भने दुवैलाई जितको विकल्प छैन। सोही समूहमा लगातार दोस्रो जितको खोजीमा रहेको पोर्चुगलले उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल नेपाली समयअुनसार राति पौने १ बजे  हुनेछ।

सम्बन्धित समाचार