२०८३ बैशाख ७ गते , सोमबार

फ्रान्स नकआउट चरणमा 

sajilo news
एजेन्सी
२०७९ मंसीर ११ गते , आईतबार
फ्रान्स नकआउट चरणमा 

विश्वकप फुटबलमा फ्रान्सले डेनमार्कलाई पराजित गरेको छ। शनिबार राति समूह डीको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ ले हराएको हो। 
लगातार दुई खेलमा जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगेको हो। फ्रान्सको जितमा एमबाप्पेले दुवै गोल गरे। खेलका तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६१ औं मिनेटमा हर्नान्डेजको पासमा एमबाप्पले फ्रान्सलाई अघि बढाए। त्यसको पाँच मिनेटमा डेनमार्कका क्रिस्टेन्सनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।​

बराबरीतर्फ उन्मुख खेल सकिन चार मिनेट अघि एन्टोनी ग्रिजम्यानको पासमा एमबाप्पले विजयी गोल गरे। समूह डीको खेलमा शीर्ष स्थानको फ्रान्सले ६ अंक जोडेको छ। अष्ट्रेलिया तीन अंक जोडेर दोस्रो स्थानमा छ। डेनमार्क र ट्युनेसिया समान एक अंक सहित क्रमश तेस्रो र चौथो स्थानमा छन्।

सम्बन्धित समाचार