२०८३ बैशाख ७ गते , सोमबार

मेक्सिकोविरुद्धको खेल अर्जेन्टिनाका लागि विश्वपको फाइनल, जित्नै पर्ने दबाब

sajilo news
एजेन्सी
२०७९ मंसीर १० गते , शनिबार
मेक्सिकोविरुद्धको खेल अर्जेन्टिनाका लागि विश्वपको फाइनल, जित्नै पर्ने दबाब

दोहा । अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले समूह ‘सी’अन्तर्गत मेक्सिकोविरुद्धको खेल दक्षिण अमेरिकी टिमका लागि विश्वकपको पहिलो फाइनल हुने बताएका छन्। 

पहिलो खेलमा साउदी अरबविरुद्ध पहिलो खेलमा २–१ ले पराजित भएको दुई पटकको च्याम्पियन अर्जेन्टिना समूह चरण पार गर्न जित्नै पर्ने दबाबमा छ।

लुसेल रंगशालामा त्यो नतिजा अर्जेन्टिनाले विश्वकपका पछिल्ला ६ खेलमा चौथो पराजय हो। त्यसबाहेक एक खेलमा जित र एक खेल बराबरी खेलेको छ। जुन त्यसअघिका २५ खेलमा भोगेको हार बराबरी हो।

त्यो हारबाट अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रामा पूर्णविरामसमेत लगाएको थियो। विश्व फुटबलको सबैभन्दा लोकप्रिय टिमकोरूपमा कतार पुगेको अर्जेन्टिना अब छिट्टै बाहिरिने खतरामा पुगेको छ।

एस्टन भिल्लाबाट व्यावसायिक फुटबल खेल्दै आएका मार्टिनेज त्यही रंगशालामा अर्जेन्टिनाले पुनरागमन गर्नुपर्ने बताउँछन्।

‘करिब तीन वर्षपछि त्यो पनि विश्वकपमा पराजित हुँदा हामीलाई धेरै पीडा भएको छ,’ उनी भन्छन्, ‘हामी यो खेल फाइनल जसरी खेल्न चाहेका थियौं तर त्यो भएन। हामीले पहिलो गोल गरेपछि आराम गर्न थाल्दा त्यसको मूल्य चुकाउनु पर्‍यो । अब शनिबार हाम्रो पहिलो विश्कप फाइनल हुनेछ।’

मेक्सिकोविरुद्धको विगत अर्जेन्टिनाको पक्षमा छ। अर्जेन्टिनाले पछिल्ला १० खेलमा मेक्सिकोसँग अपराजित छ। जसमा सन् २००४ को कोपा अमेरिकामा हासिल गरेको जित पनि समावेश छ। सनु १९३०, २००६ र २०१० मा भएका मेटमा पनि अर्जेन्टिनाले जित निकालेको छ।

मेक्सिकोका लागि पछिल्लो समय विश्वकपमा गोल गर्नु प्रमुख समस्या बनिरहेको छ। उत्तर अमेरिकी मुलुकले खेलेका पछिल्ला तीन खेलमा गोल गर्न सकेको छैन। समूह ‘सी’को पहिलो खेलमा मेक्सिको पोल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको थियो। त्यो खेलमा पोलिस कप्तान रोबर्ट लेवान्डोस्कीले प्रहार गरेको पेनाल्टी गुइलेर्मो ओचोवाले बचाएका थिए।

पाँचौं पटक विश्वकप खेलिरहेका ओचोवा हालसम्म विश्पकपको अन्तिम १६ पार गर्न सकेका छैनन्। सन् १९८६ मा क्वार्टरफाइनल पुगेको मेक्सिको त्यसपछिका सात संस्करणमा फेरि त्यहाँ पुग्न सकेको छैन।

एक सय ३२ क्याम जितिसकेका ओचोवाले मेक्सिकन टिमबाट धेरै खुशी बटुलेका छन्। तर, ओचोवा आफ्नै नेतृत्वमा फेरि एक पटक विश्वकपको क्वार्टरफाइनलमा पुर्याउन चाहन्छन्।

सम्बन्धित समाचार