२०८१ माघ २५ गते , शुक्रबार

आयोजक कतारलाई हराउँदै सेनेगलको सानदार जित 

sajilo news
एजेन्सी
२०७९ मंसीर ९ गते , शुक्रबार
आयोजक कतारलाई हराउँदै सेनेगलको सानदार जित 

दोहा । आयोजक कतारले विश्वकप फुटबलमा लगातार दोस्रो हार बेहोरेको छ। अल थुमामा रंगशालामा शुक्रबार राति भएको खेलमा सेनेगलले कतारलाई ३-१ गोलले पराजित गरेको हो। सेनेगललाई जित दिलाउन बौले डिया, फमारा डाइधियोउ र बाम्बा देङ्गले एक/एक गोल गरे। कतारका मोहमद मुनतारीले एक गोल फर्काए।
खेलको ४१औं मिनेटमा डियाले गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाएका थिए। ४८औं मिनेटमा डाइधियोउले गोल गर्दै सेनेगललाई २-० अगाडि बढाएका थिए। खेलको ७८औं मिनेटमा मुनतारीले गोल गर्दै कतारलाई खेलमा फर्काएका थिए। त्यसपछि ८४औं मिनेटमा देङ्गले गोल गर्दै सेनेगललाई ३-१ ले जित दिलाए।

विश्वकपमा पहिलो जित निकालेको सेनेगलले नकआउट चरणमा पुग्ने सम्भावना कायमै राखेको छ। समूह ‘ए’ को सेनेगलले दुई खेलमा तीन अंक जोडेको छ। कतारले भने लगातार दोस्रो हार बेहोरेको छ। अंक विहीन कतार समूहको पुछारमा छ।

सम्बन्धित समाचार