२०८१ माघ २७ गते , आईतबार

क्यामरुनमाथि स्वीट्जरल्यान्डको जित

sajilo news
एजेन्सी
२०७९ मंसीर ८ गते , विहीबार
क्यामरुनमाथि स्वीट्जरल्यान्डको जित

दोहा । फिफा विश्वकपको समूह 'जी'को पहिलो खेलमा स्वीट्जरल्यान्डले क्यामरुनलाई १-० गोलको नतिजामा पराजित गरेको छ। अल जानोब रंगशालामा जारी खेलमा पाएका अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

स्वीट्जरल्यान्डका शेर्डन शकिरीले १६औं मिनेटमा बायाँतर्फबाट प्रहार गरेको कर्नरमा युरोपेली टिमले आक्रमणको मौका सिर्जना गर्न सकेको थिएन। पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा क्यामरुनी कप्तान चुपो-मोटिङले गरेको प्रहार बाहिरिएको थियो।

दोस्रो हाफमा थप आक्रमक शैलीमा मैदनमा उत्रिएको स्वीटजरल्यान्डका लागि ४८औं मिनेटमा ब्रिल इम्बोलोले गोल गरेको गोल नै निर्णायक बन्यो। शकिरीले दिएको पासमा पेनाल्टी एरिया भित्र अन्मार्क्ड रहेका इम्बोलोले उत्कृष्ट फिनिसिङ गरेका थिए।

क्यामरुनमै जन्मिएका इम्बोलोले स्वीट्जरल्यान्डका लागि महत्त्वपूर्ण गोल गरे पनि सेलिब्रेसन भने गरेनन्। समूह ‘जी’कै दोस्रो खेलमा बिहीबार राति ब्राजिल र सर्बिया भिड्दै छन्।
 

सम्बन्धित समाचार