२०८१ फाल्गुन ४ गते , आईतबार
मेसीको गोलमा अर्जेन्टिनालाई अग्रता

दोहा । कतारमा जारी विश्वकपको समूह ‘सी’अन्तर्गत मंगलबार जारी खेलमा अर्जेन्टिनाले साउदी अरबविरुद्ध अग्रता लिएको छ। आठौं मिनेटमा लियान्ड्रो पेरेडेसमाथि साउदीका खेलाडीले पेनाल्टी एरियामा फाउल गरेपछि अर्जेन्टिनाले स्पटबाट अग्रता लिने मौका पाएको थियो। सोही पेनाल्टीको सदुपयोग गर्दै कप्तान लियोनेल मेसीले अग्रता दिलाएका हुन्।