२०८३ बैशाख १३ गते , आईतबार

विश्वकप फुटबल : आज तीन खेल

sajilo news
झापा
२०७९ मंसीर ५ गते , सोमबार
विश्वकप फुटबल : आज तीन खेल

विश्वकप फुटबलमाआज सोमबार तीन खेलहरु हुँदैछन्। कतार विश्वकपमा सोमबार समूह एको एक खेल हुँदैछ। यस्तै समूह बी को दुई खेल हुने तालिका रहेको छ।

सोमबार हुने पहिलो खेलमा इंग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ। इंग्ल्यान्ड र इरानबीचको खेल बेलुका ६ः४५ बजे सुरु हुनेछ। समूह बी मा रहेको इंग्ल्यान्ड र इरान जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ।

समूह बी अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ। अमेरिका र वेल्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। त्यस्तै समूह एु अन्तर्गत सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ। सेनेगल र नेदरल्यान्ड्सबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ।

​मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भएको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। ​ उद्घाटन खेलमा आयोजक कतारलाई २–० ले हराएर इक्वेडरले विजयी सुरुआत गरिसकेको छ।

सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ। यस विश्वकपमा कुल ६४ खेल हुनेछ। आठ रंगशालामा आयोजना हुने विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ।

सम्बन्धित समाचार