२०८० आश्विन ७ गते , आईतबार

भारतको जुत्ता कारखानामा आगलागी, एकको मृत्यु, करोडौं क्षति

sajilo news
एजेन्सी
२०७९ मंसीर २ गते , शुक्रबार
भारतको जुत्ता कारखानामा आगलागी, एकको मृत्यु, करोडौं क्षति

भारतको दिल्लीमा रहेको एक जुत्ता कारखानामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । दिल्लीको मादिपुरमा रहेको जुत्ता करखानामा आगलागी हुँदा आगरा घर भएका एक ब्यक्तिको मृत्यु भएको हो ।

मादिपुरको कैलासपुर इलाकामा रहेको जुत्ता कारखानामा आगलागीपछि भाग दौड हुँदा उनको मृत्यु भएको हो । केमिकल राखिएको ड्रम र छालाका सामानमा लागेको आगो भीषण रुपमा फैलिएको थियो । १५ बटा दमकलको सहायताले ६ घण्टापछि आगो निभाइएको थियो । आगलागीबाट करोडौंको क्षति भएको बताइएको छ ।

सम्बन्धित समाचार