२०८१ चैत्र १४ गते , विहीबार
विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न अतिरिक्त शुल्क तिर्नैपर्ने

नेपाली फुटबलप्रेमीले विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण टेलिभिजनमा हेर्न पाउने भएका छन्। मंसिर ४ गतेदेखि कतारमा सुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हुने नहुने भन्ने अन्यौलता सर्वोच्च अदालतले अन्त्य गरिदिएको हो।
बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश गरेको हो। यसअघिको आदेश खारेज भएसँगै अब अतिरिक्त शुल्क (प्रतिसेटअप बक्स पाँच सय रुपैयाँ) लिएर फुटबल लाइभ देखाउन पाउने भएको छ।
नेपालमा विश्वकप प्रशारणका लागि मिडिया हबले फिफासँग अनुमति लिएको थियो। प्रशारण अधिकार खरिद गर्नका लागि मिडिया हबले तिरेको रकम उठाउन भन्दै दर्शकसँग शुल्क उठाउने निर्णय गरेपछि सर्वोच्चमा रिट परेको थियो।