२०८१ माघ २७ गते , आईतबार

विश्वकपका लागि मेसीको कप्तानी अर्जेन्टिनाको राष्ट्रिय टिम घोषणा

sajilo news
पार्थ मण्डल
२०७९ कार्तिक २६ गते , शनिबार
विश्वकपका लागि मेसीको कप्तानी अर्जेन्टिनाको राष्ट्रिय टिम घोषणा

अर्जेन्टिनाले लियोनेल मेसीको कप्तानी राष्ट्रिय टिमको घोषणा गरेको छ। आगामी मंसिर ४ गतेबाट शुरु हुने २०२२ को फिफा विश्वकपका लागि अर्जेन्टिनाले २६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको हो।

अर्जेन्टिनाको टिममा  एन्जेल डी मारियालाई पनि टिममा समेटेको छ। डी मारिया चोटका कारण अहिले फिट हुन प्रयासरत छन्। पाउलो डिबालालाई पनि टोलीमा समेटिएको छ। 

अर्जेन्टिनाले म्यानचेस्टर सिटीका फरवार्ड जुलियन अल्भारेजलाई टोलीमा समेट्दा भेट्रान मिडफिल्डर आल्हान्द्रो गोमेजलाई पनि टोलीमा समावेश गरेको छ।  अर्जेन्टिना विश्वकपको समूह सी मा रहेर प्रतिस्पर्धा गर्नेछ। यो समूहमा साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड रहेका छन्। आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले २२ नोभेम्बरमा साउदीसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचार