२०८३ बैशाख २१ गते , सोमबार

झापामा आमा र काकाको हत्या गर्ने चन्द्रबहादुर पक्राउ

sajilo news
झापा
२०७९ आश्विन १६ गते , आईतबार
झापामा आमा र काकाको हत्या गर्ने चन्द्रबहादुर पक्राउ

झापाको कमलमा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ । कमल गाउँपालिका- २ स्थित सिमलडाँगी निवासी ५० बर्षीया चन्द्रकला माझी र ५० वर्षीय सन्तबहादुर माझीको हत्या भएको प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए । उनीहरूको हत्या २३ वर्षीय चन्द्रबहादुर माझीले गरेको हो ।
चन्द्रले आमा चन्द्रकला र काका सन्तबहादुरलाई शनिवार राती १० बजे सुतिरहेको ठाउँमै खुकुरी प्रहार गरी हत्या गरेको हो । घटना भए लगतै इलाका प्रहरी कार्यालय दमकको टोलीले चन्द्रबहादुरलाई घटनास्थलबाटै पक्राउ गरेको एसपी पोखरेलले बताए ।

पारिवारिक कलहका कारण चन्द्रबहादुरले आमा र काकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार