२०७९ आश्विन १५ गते , शनिबार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : झापामा ७७ विद्यालय छनोट 

sajilo news
झापा
२०७९ भाद्र ३१ गते , शुक्रबार
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : झापामा ७७ विद्यालय छनोट 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा झापाका ७७ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लाका ७७ विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालनका लागि छनोट गरेको हो ।

मन्त्रालयले झापाका स्थानीय तहलाई गरेको परिपत्रअनुसार झापाको मेचीनगर, बुद्धशान्ति, बिर्तामोड, कचनकवल र झापा गाउँपालिकाका ४/४ विद्यालय छनोट भएका छन् । त्यस्तै गौरादह, बाह्रदशी र भद्रपुरका ५/५ वटा विद्यालय छनोटमा परेका छन् । अर्जुनधाराको ६, कमल ७, दमक १० र गौरीगञ्ज गाउँपालिकाको ३ वटा विद्यालय छनोट भएका छन् ।

बिर्तामोडको वडा नं. ९ स्थित दुर्गा माविलाई ४ कोठे भवन , वडा नं. २ को पञ्चरत्न माविलाई २ कोठे र वडा नं. १० को महेन्द्रज्योती माविलाई ४ कोठे भवन परेको छ । यस्तै, वडा नं. ६ को सरस्वती माविलाई आइसीटी कार्यक्रम पाएको छ । २ कोठे भवनका लागि २५ लाख, ४ कोठेका लागि ५० लाख र आइसीटी कार्यक्रमका लागि ६ लाख ५० हजार अनुदान दिने छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भौतिक सुविधा विस्तार, आइटी ल्याव स्थापनालगायत कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए । प्रस्ताव पेश गरेका विद्यालयमध्येबाट भदौ २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रममा सहभागी गराउने विद्यालयको नाम छनोट गरेको थियो ।

विद्यालयको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित समाचार