२०८२ असार २ गते , सोमबार

भद्रपुर माविका १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान 

sajilo news
झापा
२०७९ भाद्र ५ गते , आईतबार
भद्रपुर माविका १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान 

भद्रपुर । भद्रपुर माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ  ।  स्व. गोपालनाथ स्व. देवी कुमारी श्रेष्ठ र स्व. विष्णु प्रसाद दुलालको स्मृतिमा स्थापना गरिएको अक्षय कोषको ब्याज रकमबाट विद्यालयका १० जना विद्यार्थीलाई छात्रवृत्ति बापत नगद, कपी, डटपेन, पेन्सिल, ब्याग वितरण गरिएको छ ।

कक्षा ११ का विद्यार्थीहरू खुसी शर्मा, जया राय, मनिषा पौडेल, सावाना खातुन, सङ्गीता कामती  र  कक्षा १२ विद्यार्थीहरू हेमन्त राजवंशी, अनिसा राजवंशी, मनोज सिंह राजवंशी, विना टुडु  र शान्ति हेमरमलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक होम गुरुङले जानकारी दिए ।

विद्यालयमा आइतबार एक संक्षिप्त कार्यक्रमको आयोजना गरी दाताहरूको परिवारजनले विद्यार्थीहरूलाई सो सामग्री वितरण गरेको थियो । स्व. गोपालनाथ स्व. देवी कुमारी श्रेष्ठका छोरा प्रकाश र बुहारी निता श्रेष्ठ तथा स्व. विष्णु प्रसाद दुलालको संरक्षक पिता धर्मप्रसाद दुलाल, माता जनुका दुलाल, श्रीमती मिना दुलाल र छोरी स्वस्तिका दुलालको उपस्थिति रहेको थियो । 

 

सम्बन्धित समाचार