२०८० फाल्गुन १० गते , विहीबार

नेपालमा छैन मल, भारतबाट लुकाई छिपाइ मल भित्राउँदै झापाका किसान 

sajilo news
झापा
२०७९ जेष्ठ २९ गते , आईतबार
नेपालमा छैन मल, भारतबाट लुकाई छिपाइ मल भित्राउँदै झापाका किसान 

झापा । नेपाली बजारमा मल नपाए पछि झापाको सीमावर्ती नाकाबाट किसानले भारतबाट लुकाइ छिपाइ अवैध रूपमा महँगो मुल्य तिरेर मल किन्नु पर्ने बाध्यता छ । हरेक वर्ष खेतीको सिजनमा मलको अभाव झेल्दै आएका किसानले यस वर्ष लामो समय देखि मलको अभाव झेल्नु परेको छ । पूर्वी नेपालको बजारहरूमा मल अभाव भए पछि दक्षिण झापाको सीमावर्ती क्षेत्रमा भारतीय मल लुकीछिपी नेपाल भित्रने गरेका छन् । धान खेतीमा युरिया मलको उच्च माग रहेको यो वेला जिल्लामा मल नहुँदा झापाको भारतीय सीमावर्ती क्षेत्रबाट महँगो मूल्यमा किनेर ल्याउनु पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।

लामो लकडाउनले झापामा युरिया मल किसानले हालसम्म पाउन सकेका छैनन् । मल पाउन अझै केही साता लाग्ने कृषि सामाग्री केन्द्रले जानकारी दिएको छ । धानमा युरिया मल चाहिने वेला मल नपाए पछि सीमा क्षेत्रमा मल ल्याउने लानेलाई रोक्न सीमा प्रहरीलाई नै निक्कै समस्या हुने गरेको झापाको झापा गाउँपालिका सीमावर्ती क्षेत्र वडा नम्बर ४ का अध्यक्ष राजुजंग भारतीले बताए । समयमा मल उपलब्ध नहुँदा किसानले भारतबाट अवैध रुपमा भित्राइएका मल महँगो मूल्यमा खरिद गर्न बाध्य रहेको उनको भनाई छ । 

सम्बन्धित समाचार