२०८३ बैशाख ९ गते , बुधबार

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि 

sajilo news
पत्रपत्रिका
२०७९ जेष्ठ १४ गते , शनिबार
कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि 

झापा । कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने जनाइएको हो । यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो ।

ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कुटुवालले परीक्षा अवधिमा सार्वजनिक बिदाका दिनबाहेक अन्य दिन दैनिक तीन सिफ्टमा छ सय जनाको दरले परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार