२०८३ बैशाख ७ गते , सोमबार

यो मनसुनमा बाढीपहिरोबाट १७ लाखभन्दा बढी प्रभावित हुने

sajilo news
पत्रपत्रिका
२०७९ जेष्ठ १० गते , मंगलबार
यो मनसुनमा बाढीपहिरोबाट १७ लाखभन्दा बढी प्रभावित हुने

झापा । आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपत्बाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिकार्य योजना, २०७९ अनुसार यसपटकको प्राकृतिक विपत्मा १७ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ।
गृह मन्त्रालयको संयोजन र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्यमा बनेको प्रतिकार्य योजनाले अनुमानित क्षति र प्रभावलाई कम गर्नेगरी तयारी गरेको छ ।

यस पटक पहाड र हिमालभन्दा पनि तराईमा बढी वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। सोहीअनुसार तराई भेगमा रहेको अत्यधिक जनसङ्ख्या बाढी र डुबानको चपेटामा पर्ने अनुमान गरिएको प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराईले बताए।
उहाँका अनुसार प्राधिकरणले सबै सरोकारवाला निकायसँगको समन्वयमा तयार पारेको मनसुन प्रतिकार्य योजना कार्यकारी समितिले पारित गर्न बाँकी छ। स्थानीय निर्वाचन र अन्य कार्यालय कामको व्यस्तताका कारण समितिको बैठक बस्न सकेको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार