२०७९ जेष्ठ ८ गते , आईतबार

उम्मेदवारमाथि खुकुरी प्रहार

sajilo news
रासस
२०७९ बैशाख २५ गते , आईतबार
उम्मेदवारमाथि खुकुरी प्रहार

झापा । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ ।  षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार  अमिता तामाङमाथि गएराति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । 

सम्बन्धित समाचार