२०८३ बैशाख १९ गते , शनिबार
कुटपिट गरी हत्या गरेको आरोपमा बुबा-छोरा पक्राउ
मोरङको सुन्दरहरैचा नगरपालिका- ६ का ६४ वर्षीय देवीप्रसाद तामाङ र ३२ वर्षीय मणिकुमार तामाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
गत चैत ३० गते राती पौने १० बजे स्थानीय देवीप्रसाद तामाङ र ४१ वर्षीय गणेश भनिने मानबहादुर तामाङबीच सामान्य वादविवाद भई झैझगडा भएको र बाबुलाई कुटपिट गरेको भनी देवी प्रसादका छोरा ३२ वर्षीय मणिकुमार तामाङले मानबहादुरलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा उनी घाइते भएका थिए ।
घाइते मानबहादुरलाई उपचारको लागी विराटनगरको न्युरो अस्पताल लगिएकोमा उपचारको क्रममा बैशाख ३ गते मृत्यु भएको थियो । घटनाको लगत्तै फरार रहेका दुवै बुबा-छोरालाई इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले बैशाख ३ गते नै पक्राउ गरेको छ । यता प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।