२०८३ बैशाख १९ गते , शनिबार

मेची पुलबाट लागू औषधसहित तीन जना पक्राउ

sajilo news
झापा
२०७९ बैशाख ३ गते , शनिबार
मेची पुलबाट लागू औषधसहित तीन जना पक्राउ

मेचीनगरस्थित मेची खोलाको पुरानो पुलमा प्रतिबन्धित लागू औषधसहित एकै दिन तीनजना पक्राउ परेका छन् । शनिवार दिउँसो ३ बजे मेची खोला पुरानो पुलमा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक- ५ बस्ने २२ वर्षीय राजेश गुरुङलाई शङ्का लागेर चेकजाँच गर्ने क्रममा लागू औषध डाईजापाम ६ एम्पुल, फेनारगन ६ एम्पुल र लुपिजेसिक ६ एम्पुल गरी जम्मा १८ एम्पुल फेला पारेको थियो ।

त्यस्तै सोही स्थानमा दिउँसो ३:४५ बजे भारतबाटै नेपालतर्फ आउँदै गरेको मे ५ प ५६५ नम्बरको २ जना सवार स्कुटरलाई शङ्का लागेर चेकजाँच गर्दा उक्त स्कुटरको पछाडि सवार दमक ।२ बस्ने २६ वर्षीय अमृत राईको साथबाट ६ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

उक्त स्कुटर,स्कुटर चालक इलाम साबिक चुलाचुली ८ घर भई हाल दमक- २ बस्ने २२ वर्षीय सन्तोष ढकाल समेतलाई नियन्त्रणमा लिई तीनै जना र स्कुटरलाई ईप्रका काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार