२०८३ बैशाख २१ गते , सोमबार
मेची पुलबाट ब्राउन सुगरसहित एक जना पक्राउ
झापाको मेचीनगर नगरपालिका ६ पुरानो मेची पुलबाट लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका- ७ सुकुम्वासी टोलका ५४ वर्षीय अमृत खड्का रहेका छन् ।
मङ्गलवार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा खडकाको साथबाट १४ ग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगर बरामद गरेको थियो । लागु औषध सहित पक्राउ परेका खड्कालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।