२०८३ बैशाख ३ गते , विहीबार

विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घट्दै

sajilo news
पत्रपत्रिका
२०७८ चैत्र २३ गते , बुधबार
विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घट्दै

पछिल्लो दश महिनामा विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घटेका कारण आर्थिक संकट बढ्दै गएको अर्थविद्हरूको भनाई छ। अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा ११ महिनाको वस्तु र १० महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति रहेकोमा चालू आर्थिक वर्षको ८ महिनामा अवधिमा ६ महिनाको आसपासमा झरेको स्रोतले जनाएको छ।


राष्ट्र बैंककै तथ्याङ्क हेर्ने हो भने पनि ७ महिनामा विदेशी विनिमय सञ्चिति घटेर ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्ने अवस्थामा पुगेको देखिन्छ। तीव्र रूपमा विदेशी विनिमय सञ्चिती घट्दै गएपछि राष्ट्र बैंकले केही वस्तुहरूको आयातमा शतप्रतिशत नगद मार्जिन  राखेर मात्र प्रतीतपत्र (एलसी) खोल्न सकिने व्यवस्था गरेको थियो ।

तर, त्यसले मात्र आयात रोक्न नसकेपछि सोमबार राष्ट्र बैंकले मौखिक रुपमा बैंकहरुलाई विलासिताका वस्तुहरू आयात गर्न एलसी जारी नगर्न निर्देशन दिएको छ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कुनैपनि देशसँग कम्तीमा तीन महिनाको विदेशी विनिमय सञ्चिती रहनुपर्ने बताउँछ । आजको कारोबार दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार