२०८१ श्रावण २ गते , बुधबार

विदुर स्कुलका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

sajilo news
झापा
२०७८ चैत्र १६ गते , बुधबार
विदुर स्कुलका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

भद्रपुर । भद्रपुर-८ स्थित विदुर इङ्लिस बोडिङ् स्कुलमा शैक्षिक वर्ष २०७७ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्राहरूलाई शैक्षिक पुरस्कार तथा २०७८ को खेलकुद प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन पुरस्कार वितरण गरिएको छ । 

विद्यालयकी संस्थापक/प्रिन्सिपल मनिदेवी भट्टराईको अध्यक्षता र अभिभावक संघका अध्यक्ष गोपाल लिम्बूको प्रमुख आतिथ्यमा विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई सम्मान सहित पुरस्कृत गरिएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्यहरू जगदीश जोशी, भीम पौडेल, विद्यालयका अभिभावक धनप्रसाद सिवाकोटी, टीकादेवी सिवाकोटी, चन्द्रमणि मैनालीले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेका थिए । विद्यालयका कक्षा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई मेडल प्रमाण पत्र तथा शैक्षिक सामग्री सहित पुरस्कार वितरण गरिएको थियो ।

२०७७ को एसइईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्राहरू सुष्ता विष्ट, अनीश ठाकुर र आस्था न्यौपानेलाई स्व तुलसीराम स्मृति नगद पुरस्कार तथा विद्यालय प्रथम हुने आरोग्य ढकाल र  छात्रा  राजवंशीलाई अभिभावक धनप्रसाद सिवाकोटीले आफ्ना स्वर्गीय माता पिताको पुण्य स्मृतिमा स्थापित “धनप्रसाद टीकादेवी विद्यार्थी प्रोत्साहन पुरस्कार“ प्रदान गरेका थिए ।

सम्बन्धित समाचार