२०८२ बैशाख १६ गते , मंगलबार

रूसका राष्ट्रपति पुटिन र विदेशमन्त्री लाभरोभमाथि पश्चिमाको प्रतिबन्ध

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १४ गते , शनिबार
रूसका राष्ट्रपति पुटिन र विदेशमन्त्री लाभरोभमाथि पश्चिमाको प्रतिबन्ध

वासिङटन । अमेरिकाले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभमाथि प्रतिबन्ध लगाएको छ। उनीहरूलाई युक्रेनमा गरेको गैरकानुनी आक्रमणका लागि जिम्मेवार ठहर्‍याइएको छ।

शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, अमेरिकाले आफ्ना सहयोगी र साझेदारहरूसँग मिलेर पुटिन र लाभरोभमाथि प्रतिबन्ध लगाएर युक्रेनमा रूसद्वारा युक्रेनमा गरेको ‘अनुचित, अवास्तविक र पूर्वनियोजित’आक्रमणको बलपूर्वक जवाफ दिन जरुरी छ।

पुटिन र लाभरोभ ‘प्रजातान्त्रिक रूपमा सार्वभौमसत्ता सम्पन्न युक्रेनमा रूसले गरेको गैरकानुनी आक्रमणका लागि प्रत्यक्ष रूपमा जिम्मेवार’ रहेको बताइएको छ।

अर्थ मन्त्रालयले देशको प्रमुखलाई प्रतिबन्ध लगाउनु दुर्लभ घटना भएको बताएको छ। ‘योसँगै राष्ट्रपति पुटिन‚ उत्तर कोरियाका किम जोङ उन जस्ता तानाशाह लगायत बेलारूसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्का र सिरियाली राष्ट्रपति बसर अल-असद जस्ता सानो समूहमा सामेल भएका छन्’, विज्ञप्तिमा भनिएको छ।

यसका साथै अमेरिकाले रूसी रक्षामन्त्री सर्गेई शोइगु र प्रथम रक्षा उपमन्त्री तथा सेनाका जनरल भ्यालेरी गेरासिमोभमाथि पनि प्रतिबन्ध लगाएको छ। अर्थ मन्त्रालयले यसअघि रूसको सुरक्षापरिषद्का ११ सदस्यमाथि पनि प्रतिबन्ध लगाएको थियो।

ह्वाइट हाउसले नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूलाई राष्ट्रपति जो बाइडेनले पुटिन र युक्रेनमा उनको आक्रमणको सामना गर्न विश्वव्यापी गठबन्धन बनाएको बताएको छ।

अर्थमन्त्री जेनेट एल येलेनले विश्वमञ्चमा रूसलाई डरलाग्दो व्यवहारका लागि अमेरिका थप प्रतिबन्ध लगाउन तयार रहेको बताएका छन्। यसैबीच युरोपेली संघ (ईयू)ले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभको सम्पत्ति रोक्का गर्न र अन्य प्रतिबन्ध लगाउन सहमत भएको छ। लात्भियाका विदेशमन्त्रीले यो जानकारी दिएका हुन्।

पुटिन र लाभरोभको सम्पत्ति जफत गर्ने निर्णयको अर्थ पश्चिमी देशहरू युक्रेनमा रूसी आक्रमण र युरोपमा भीषण युद्ध रोक्न अभूतपूर्व कदमतर्फ अघि बढिरहेका छन्।

लात्भियाका विदेशमन्त्री एडगर्स रिन्केभिक्सले ईयूका विदेशमन्त्रीहरूले रूसी राष्ट्रपति र विदेशमन्त्रीको सम्पत्ति रोक्का गरिएकोमा जानकारी दिएका छन्। उनले थप प्रतिबन्धको तयारी गरिरहेको पनि बताएका छन्। एजेन्सी 

सम्बन्धित समाचार