२०८२ बैशाख ९ गते , मंगलबार

युरोपमा युनिस आँधीबाट कम्तिमा १६ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ८ गते , आईतबार
युरोपमा युनिस आँधीबाट कम्तिमा १६ जनाको मृत्यु

एजेन्सी । युनिस आँधीबाट युरोपका विभिन्न देशमा १६ जनाको मृत्यु भएको खवर छ। आँधीका कारण बेल्जियम, नेदरल्याण्डस, जर्मनी, पोल्याण्ड, आइरिस रिपब्लिक र बेलायतका नागरिकहरुको मृत्यु भएको बीबीसीले जनाएको छ।

आँधीका कारण रुख ढल्नुका साथै भग्नावशेष उडाएर ल्याउँदा सर्वसाधारणको मृत्यु भएको हो। आँधीका कारण युरोपका दशौं लाख घर तथा व्यापारिक केन्द्रमा विद्युत सेवा अवरुद्ध भएको छ। साथै यातायात संजाल अस्तव्यस्त बनेको छ। आँधीका कारण उत्तरी सागरमा हराएका २६ वटा खाली ढुवानी कन्टेनरहरू फेला पार्ने प्रयास गरिरहेको डच कोस्टगार्डले बताएका छन्।

शुक्रबार १२० माइल प्रतिघण्टा भन्दा बढीको बेगमा आँधी आएको हो। मृत्यु हुनेमा चार जना नेदरल्याण्ड, चार जना पोल्याण्डका रहेका छन्। यसैगरी तीन जना बेलायत, जर्मनीमा दुई, बेल्जियमा दुई र आयरल्याण्डमा एक जनाको मृत्यु भएको छ। आँधीका कारण भएको सडक दुर्घटनामा परी फ्रान्सको उत्तरी क्षेत्रमा ३० जनाभन्दा बढी घाइते भएका छन्। आँधीका कारण जर्मनीको १ हजार किलोमिटर रेलको ट्रयाकमा क्षति पुगेको छ।


सम्बन्धित समाचार