२०८२ फाल्गुन २८ गते , विहीबार

अक्षयको ‘बच्चन पाँडे’ को ट्रेलर रिलिज (भिडियोसहित)

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ७ गते , शनिबार
अक्षयको ‘बच्चन पाँडे’ को ट्रेलर रिलिज (भिडियोसहित)
एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘बच्चन पाँडे’ को धमाकादार ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अक्षय ग्याङ्गस्टरको भूमिकामा छन् । उनको लुक निकै डरलाग्दो छ । फिल्ममा अक्षय कुमारसँगै कृति सेनन र ज्याकलिन फर्नान्डिज मुख्य भूमिकामा छन् ।

योसँगै फिल्ममा अर्शद वारसी र सञ्जय मिश्रा पनि सर्प्राइजको रुपमा बाहिर आएका छन् । दुवैले फिल्ममा कमेडीको रङ्ग जोडेको देखिन्छ । ३ मिनेट ४१ सेकेन्डको ट्रेलर हेरेपछि फिल्ममा कमेडीसँगै धेरै रक्तपात हुने देखिएको छ । फिल्ममा कृति सेनन एक महत्त्वाकाङ्क्षी निर्देशक माइरा देवेकरको भूमिकामा देखिएकी छिन् । जो ग्याङ्स्टार बच्चन पाँडेलाई लिएर बायोपिक फिल्म बनाउने सोचमा छन् ।

फिल्ममा कृतिको पात्रलाई बच्चन पाँडेले क्याप्चर गरेका छन् र त्यसपछि कथामा के हुन्छ त्यो भने फिल्म हेरेपछि मात्र थाहा हुनेछ । ‘बच्चन पाँडे’लाई फरहाद सामजीले निर्देशन गरेका हुन् । यसअघि अक्षय र फरहादले ‘इन्टरटेनमेन्ट’, ‘हाउसफुल ३’ र ‘हाउसफुल ४’ मा सँगै काम गरिसकेका छन् । साजिद नाडियाडवाला यसको निर्माता हुन्। चलचित्र मार्च १८ मा सिनेमा घरमा रिलिज हुनेछ ।

सम्बन्धित समाचार