२०८२ बैशाख १६ गते , मंगलबार

श्रीमती धेरै सुन्दर र स्मार्ट हुँदा श्रीमान् पुग्यो प्रहरी समक्ष, कारण थाहा पाउँदा प्रहरी चकित

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ६ गते , शुक्रबार
श्रीमती धेरै सुन्दर र स्मार्ट हुँदा श्रीमान् पुग्यो प्रहरी समक्ष, कारण थाहा पाउँदा प्रहरी चकित
काठमाडौँ । भन्छन्, बिहे आफू भन्दा कमजोरसँग, सङ्गत आफूभन्दा ठुलोसँग गर्नुपर्छ । दुई जना बराबर भएको खण्डमा विवाद बढेर अलग हुने अवस्था आउन सक्छ । भारत, मध्य प्रदेशको छत्तरपुरबाट एउटा अनौठो घटना सार्वजनिक भएको छ ।उत्तर प्रदेशको बान्दामा बस्ने एक व्यक्तिले छत्तरपुरको एसपीलाई अनौठो गुनासो गरेका छन् । उनले भनेका छन्, ‘मेरी श्रीमती सुन्दर, स्मार्ट छिन् । उनी शिक्षित पनि छिन् ।

यही कारणले मलाई सँगै बस्न मन पराउँदिनन् । माइती घरमा लिन जाँदा माइती परिवारका सदस्यहरू लगाएर मलाई कुटपिट गर्न भनिन् । म मेरी श्रीमती फिर्ता चाहन्छु । मलाई कुट्ने माइती पक्षलाई कारबाही गर्नुपर्छ ।’ छत्तरपुरका एसपीलाई उजुरी दिने व्यक्तिको नाम नन्दु पाल हो । उनी बान्दको मातोण्ड गाउँका बासिन्दा हुन् । उनले ३० अप्रिल २०२१ मा लव कुश नगर थाना क्षेत्र अन्तर्गत गाउँ नागरौलीकी रीना पालसँग विवाह गरेको निवेदन दिएका छन् ।

घरपरिवारले नै बिहे तय गरेको थियो । नन्दु र रीनाको हिन्दु परम्परा अनुसार विवाह भएको थियो । बिहे गरेको तीन दिनपछि श्रीमती आफ्नो माइतीघर गएको नन्दुले गुनासो गरेका छन् ।त्यसपछि नन्दु आफू जत्ति सुन्दर नभएको भन्दै रीना फर्किन तयार छैनन् । उनले आफ्नी श्रीमतीलाई लिन माइतीघर जाँदा रीनाले स्पष्ट रुपमा अस्वीकार गरेको बताएका छन् । यति मात्रै होइन, उनले छोरी दिन माइती समक्ष बिन्ती गरे, तर उनलाई कोठामा थुनेर कुटपिट गरियो ।

गत बुधवार पनि यस्तै भएको थियो । उनी प्रहरी चौकीका चहलपहल गरिरहेका छन् । तर कतै सुनुवाइ भइरहेको छैन । त्यही भएर उनी एसपीसँग उजुरी गर्न गएका हुन् । ससुराले कुटपिट गरेपछि लवकुशनगर प्रहरी चौकी गएको नन्दुले उजुरीमा बताएका छन् । त्यहाँ पनि उनको गुनासो सुनुवाइ नभएपछि उनी एसपी छत्तरपुर पुगेका थिए । निवेदनमा उनले श्रीमतीलाई फिर्ता दिनुपर्ने र कुटपिट गर्ने ससुरालाई कारबाही गर्न माग गरेका छन् ।

सम्बन्धित समाचार