२०८१ फाल्गुन ४ गते , आईतबार

काँकडभिट्टा नाका : नेपाल–बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा

sajilo news
पार्थ मण्डल
२०७८ माघ २० गते , विहीबार
काँकडभिट्टा नाका : नेपाल–बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा

झापा । दुई दशक बढीको इतिहासमा नेपाल–बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । सात वर्षअघिसम्म बचतमा रहेको बंगलाबन्ध नाकाको व्यापार अहिले निरन्तर ऋणात्मक हुँदै हालसम्मकै कमजोर अवस्थामा पुगेको हो । 

चालू आर्थिक वर्षको ६ महिनामा नेपालले बंगलादेशमा हालसम्मकै न्यून निर्यात गरेको मेची भन्सार कार्यालय, काँकडभिट्टाका प्रमुख केशवराज ओलीले बताए ।

उनका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालले ७ लाख ९० हजार रुपैयाँ बराबरको सामाग्री निर्यात गरेको छ । तर, यो अवधिमा बंगलादेशबाट भने २ अर्ब ६० करोड ९२ लाख रुपैयाँ बराबरको सामाग्री आयात भएको भन्सार प्रमुख ओली बताउँछन् । यो समाचार आजको कारोबार दैनिकमा छ । 

सम्बन्धित समाचार