२०७९ जेष्ठ ८ गते , आईतबार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

sajilo news
पार्थ मण्डल
२०७८ माघ ५ गते , बुधबार
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

झापा। पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । कोरोना भाइरसको महामारीका बीच नेपाल आयल निगमले तेलको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो ।

अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल तथा मटितेल १२२ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको छ ।

यद्यपि घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने निगमले नबढाइएको बताएको छ । मूल्य समायोजन गर्दै जानुपर्ने देखिएको हुँदा आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्लितेलको साबिकको बिक्रि मूल्यमवृद्धि गरिएको निगमको विज्ञप्तिमा उल्लेख गरिएको छ ।



सम्बन्धित समाचार