२०८२ फाल्गुन २८ गते , विहीबार

'द भ्वाइस अफ किड्स'की उपविजेता अनुजालाई चन्द्रगढी विमानस्थलमा भव्य स्वागत

sajilo news
पार्थ मण्डल
२०७८ माघ ३ गते , सोमबार
'द भ्वाइस अफ किड्स'की उपविजेता अनुजालाई चन्द्रगढी विमानस्थलमा भव्य स्वागत

झापा । 'द भ्वाइस अफ किड्स नेपाल' सिजन- १ कि उपविजेता अनुजा कडरियालाई भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा भव्य स्वागत गरिएको छ । कडरिया बन्धु सेवा समाजका अध्यक्ष हरिप्रसाद  कडरिया, सोशयल वेलफेयर फाउन्डेसन सचिव विवेक शाह, यूथ डेभलपमेन्ट हाउसका अध्यक्ष प्रज्वल कडरियासहित  विभिन्न सङ्घसंस्थाले विमानस्थल परिसरमा अनुजालाई सम्मान समेत गरेका थिए ।

विमानस्थलबाट चन्द्रगढी चारआली हुँदै आइतबार उनलाई बिर्तामोडस्थित घर ल्याइएको थियो । प्रतियोगिताको पहिलो चरण ब्लाइन्ड अडिसनमै चारै जना निर्णायकको कुर्सी फकार्उन सफल अनुजाले विभिन्न राउन्डमा धमाकादार प्रस्तुति दिँदै ग्राण्ड फिनालेसम्मको यात्रा तय गरेकी हुन् । झापा बिर्तामोडकी अनुजा शास्त्रीय सङ्गीत लगायत अन्य विद्यामा अब्बल छिन् । प्रतियोगितामा उनले एकपछि अर्को फरक विद्याका गीतहरू गाउँदै निर्णायकका साथै दर्शकको मन जित्दै आइरहेकी थिइन् ।

सम्बन्धित समाचार