२०८३ बैशाख ७ गते , सोमबार

६ वर्षमा दोब्बरले बढ्यो सवारीसाधन, ट्राफिक जामले सास्ती

sajilo news
पार्थ मण्डल
२०७८ पौष २३ गते , शुक्रबार
६ वर्षमा दोब्बरले बढ्यो सवारीसाधन, ट्राफिक जामले सास्ती

झापा । पछिल्लो आधा दशकमा काठमाडौँ उपत्यकामा सवारीसाधनको सङ्ख्या दोब्बरले बढेको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा उपत्यकाका सडक चौडा बनाउने अभियान सुरु गरेका थिए । अहिले उपत्यकामा सडकको कूल लम्बाइ २ हजार ८६ किलोमिटर पुगेको छ । तर यस अवधिमा उपत्यकामा सवारीसाधन भने दोब्बर बढी थपिएका छन् ।

काठमाडौँको सडक सञ्जालको तुलनामा बर्सेनि सवारीसाधन थपिँदै गएपछि चोकचोकमा ट्राफिक जाम बाक्लै देखिन थालेको छ । यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०७२ ७३ मा बागमती प्रदेशमा ९ लाख २२ हजार ९ सय सवारीसाधन दर्ता थिए । अहिले यो प्रदेशमा दर्ता सवारी सवारी साधनको सङ्ख्या २०७८ ७९ कात्तिक मसान्तसम्म १७ लाख ६ हजार ८ सय ३४ पुगेको छ ।

जसमध्ये उपत्यकामा १५ लाखभन्दा बढी सवारीसाधन छन् । उपत्यकामा गुड्ने १५ लाख सवारी साधनमध्ये १३ लाखभन्दा बढी दुई पाङ्ग्रे छन् । २०७२ ७३ मा दुई पाङ्ग्रेको सङ्ख्या सात लाख २२ हजार ७ सय २२ थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार