२०७८ माघ ५ गते , बुधवार

'आरआरआर'को प्रदर्शन रोकिँदा निर्मातालाई करोडौँ घाटा

'आरआरआर'को प्रदर्शन रोकिँदा निर्मातालाई करोडौँ घाटा :: Times of Pradesh

एजेन्सी । शुक्रबारदेखि प्रदर्शनमा आउने भनिएको बिग बजेट तेलुगु फिल्म 'आरआरआर' को प्रदर्शन स्थगित भएको छ। तोकिएको मितिमा प्रदर्शन नहुँदा फिल्म निर्माताले लगभग २० करोड (भारू) को नोक्सानी बेहोर्नु परेको छ।  भारतमा नयाँ भेरिएन्ट (ओमिक्रोन) को कोरोनाका भाइरसको संक्रमण बढ्दै गएपछि फिल्मको प्रदर्शन रोक्नु परेको थियो। फिल्मको प्रचारप्रसारमा ठूलो रकम खर्च गरिसकेपछि प्रदर्शन अनिश्चितकालका लागि स्थगित गर्नु परेको हो।

आरआरआरुको बजेट लगभग ४ सय करोड (भारू) छ। जुन सबैभन्दा ठूलो बजेटमा बनेको फिल्मको सूचीमा दोस्रो नम्बरमा पर्छ। यसअघि सन् २०१८ मा प्रदर्शनमा आएको 'रोबोट २.०' को निर्माण लागत ६ सय करोड (भारू) थियो। 

जनवरी ७ लाई प्रदर्शन मिति तोकेको 'आरआरआर' अन्तिम चरणको प्रचारप्रसारमा थियो। निर्माण टोलीका अनुसार फिल्मको प्रचारप्रसारम १८-२० करोड खर्च भइसकेको छ।  बाहुबलीुका लेखक तथा निर्देशक एसएस राजमौलीको लेखन तथा निर्देशन रहेको फिल्म यो वर्षको बहुप्रतीक्षित फिल्ममा गनिएको थियो।

फिल्ममा जुनियर एनटिआर र रामचरण मुख्य भूमिकामा देखिएका छन् भने आलिया भट्ट, अजय देवगनलगायत कलाकारको मुख्य भूमिका छ। छिटै फिल्मको नयाँ प्रदर्शन मिति तोक्ने निर्माण टोलीले जनाएको छ।




टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment