२०७८ माघ ५ गते , बुधवार

काँकडभिट्टामा ‘फुलबुट्टे सारी’ मा राजेश हमालसँगै मुख्यमन्त्री राईको डान्स

काँकडभिट्टामा ‘फुलबुट्टे सारी’ मा राजेश हमालसँगै मुख्यमन्त्री राईको डान्स :: Times of Pradesh

झापा । पछिल्लो समय योजना बेगरका सानातिना कार्यक्रममा गएको भन्दै आलोचना खेपिरहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई झापाको काँकडभिट्टामा शुक्रबार आयोजित ‘टिभिएस रेडर सप्तरंग सिजन–३ ’ महासाङ्गीतीक यात्रामा मुख्यमन्त्री सहभागी भए। 

गायिका मिलन नेवारले ‘फुल बुट्टे सारी’ बोलको गीत गाउँदै गर्दा कार्यक्रममा मुख्यमन्त्री राईले पनि नृत्य प्रस्तुत गरेका थिए। ‘स्वास्थ्य र समृद्घिका लागि’ भन्ने नारासहित सातवटै प्रदेशमा कन्सर्ट सुरू भएको  उक्त यात्रामा सातवटै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय कलाकारले सहभागिता जनाएका छन्। 

सातवटा प्रदेशका अलगअलग स्थानमा फरक–फरक मितिमा हुने ‘टिभिएस रेडर सप्तरंग सिजन–३ ’ महासाँगितीक यात्रामा कलाकारको नेतृत्व महानयक राजेश हमालले गरेका छन्।

काँकरभिट्टामाबाट सुरू भएको यात्राको उद्घाटन १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, महानायक राजेश हमालले संयुक्त रुपमा गरे।  

नेपाल प्रहरीको व्याण्ड, स्थानीय इष्ट होराइजन माविको व्याण्ड, नेपाल स्काउटसहित साँझ विभिन्न बाजागाजासहित कार्यक्रमस्थल बसपार्कमा टोली पुगेका थिए।

मुख्यमन्त्री राईले कन्सर्टमा सम्बोधन गर्दै १ नम्बर प्रदेश साँस्कृतिक, धार्मिक, आर्थिकलगायात विभिन्न दृष्टिकोणले धनी रहेको बताए। उनले आफ्नो प्रदेशमा यतिका राष्ट्रिय कलाकारको उपस्थिति र यतिको कार्यक्रमले अझ बढी चिनाउने विश्वास व्यक्त गर्दै उनले भने,‘कलाकारलाई जस्तोसुकै सहयोग गर्न तयार छौँ।’

कार्यक्रममा हास्य कलाकार राजा राजेन्द्रले अंग्रेजी भाषाका कारण नेपाली भाषा ओझेलमा परेको भन्दै तीखो व्यङ्ग्य गर्दै  उनले यो देशका हरेक नागरिक आफै स्वास्थ्य हुने र मुलुक समृद्घि बन्न नेतामा भर पर्ने भएकाले मुख्यमन्त्री राईलाई त्यसतर्फ सकरात्मक बन्न  आग्रह समेत  गरे।

लोकप्रिय कार्यक्रम प्रस्तोता नरेश भट्टराई, विवेक खतिवडा र निता प्रधानले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा महानायक राजेश हमाल, लोक गायक बद्री पंगेनी, प्रमोद खरेल, अनिल सिंह, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीले आ–आफ्नो प्रस्तुती दिएका थिए।

शनिबारबाट सुरु  भएको ‘टिभिएस रेडर सप्तरंग सिजन–३ ’ महासांगीतिक यात्रा पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ।  मंसिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरामा कार्यक्रम हुने आयोजकको भनाइ छ। थाहाखबरबाट



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment