२०७९ श्रावण २३ गते , सोमबार

अभिनेत्री कट्रिना र विक्की बाँधिए विवाह बन्धन (हेरौं तस्बिरमा)

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २३ गते , विहीबार
अभिनेत्री कट्रिना र विक्की बाँधिए विवाह बन्धन (हेरौं तस्बिरमा)
नयाँ दिल्ली । विक्की कौशल र कट्रिना कैफ विवाह बन्धनमा बाँधिएका छन् । गत दुई दिनदेखि राजस्थानको सवाई माधोपुरस्थित सिक्स सेन्स फोर्ट बर्वारामा विक्की कौशल र कट्रिना कैफको विवाहको तयारी भइरहेको थियो । केही समयअघि सात फेरेपछि दुवैले विवाह गरेका थिए । उनीहरुले आफ्ना नजिकका साथीहरू र परिवारको उपस्थितिमा विवाह गरेका हुन । उनीहरूको विवाहमा करिब खान, अंगद बेदी, नेहा धुपिता, मिनी माथुर, गुरदास मान लगायत धेरै कलाकारहरू सहभागी रहेको थियो ।

विवाहको तस्बिर कट्रिना कैफले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् । तस्बिर सेयर गर्दै उनले क्याप्सनमा लेखेका छन्, ‘हाम्रो सम्पूर्ण हृदय र मायाका साथ हामी उहाँहरूप्रति कृतज्ञता व्यक्त गर्दछौँ जसले हामीलाई यो क्षण ल्याउनुभएको छ । सबैको माया र आशीर्वादको कामना गर्दै, हामी यो नयाँ यात्रा सँगै सुरु गरौँ। डिसेम्बर ७ तारिखदेखि सिक्स सेन्स फोर्ट बरवाडामा यी दुईको विवाहको संस्कार चलिरहेको थियो । 



सम्बन्धित समाचार