२०७८ माघ ५ गते , बुधवार

राजेश हमाल र प्रमोद खरेलसहितका कलाकार भोलि काँकडभिट्टा आउने

राजेश हमाल र प्रमोद खरेलसहितका कलाकार भोलि काँकडभिट्टा आउने :: Times of Pradesh
झापा । झापाको काँकडभिट्टाबाट सप्तरङ्ग–३ यात्रा सुरु हुने भएको छ । भोलि मङ्सिर २४ यस कार्यक्रम पूर्वी भागबाट सुरु हुने भएको हो । 
नेपालका सातै प्रदेशमा ‘सप्तरङ्ग–३’को आयोजना हुने सो कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरू सहभागी हुँदैछ ।  गृष्मा ब्रोर्डकास्टिङको आयोजना मा हुने ‘सप्तरङ्ग–३’ ले सातै प्रदेशमा हजारौँ दर्शक माझमा सचेतना फैलाउने छ । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत प्रस्टाउनु नै ‘सप्तरङ्ग’को मूल आशय स्वरूप आयोजना हुन लागेको हो । 
कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार ले प्रस्तुति दिने आयोजक समिति प्रदेश न १ का कार्यक्रम संयोजक विकास घिमिरेले जानकारी दिए ।
पहिलो र दोस्रो संस्करण सम्पन्न भई सकेको कार्यक्रम तेस्रो पटक काँकडभिट्टामा हुन लागेको हो । २४ मङ्सिरदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरङ्ग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ । काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ।
‘सप्तरङ्ग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीजस्ता कलाकारहरू पूर्वी नेपालको काँकडभिट्टा आउने आउँदै छन् । काँकडभिट्टामा हजारौँ दर्शकहरूले सहभागिता जनाउने छन् । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment