२०७८ मंसीर १३ गते , सोमवार

मङ्सिर २४ गतेदेखि भारतको कोलकतामा सुन्तला महोत्सव हुँदै

मङ्सिर २४ गतेदेखि भारतको कोलकतामा सुन्तला महोत्सव हुँदै :: Times of Pradesh

झापा । नेपालमा पर्यटन प्रवर्धनका लागि भारतको कोलकतामा हिमालय सुन्तला पर्यटन महोत्सव हुने भएको छ । नेपालसहित भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने हिमालय सुन्तला पर्यटन महोत्सवमा नेपालको तर्फबाट २ सय २० जनाको सहभागिता रहने भएको छ । आगामी मङ्सिर २४, २५ र २६ गते कोलकतामा हुने महोत्सवमा पर्यटनकर्मी, पत्रकार, कृषक र संस्कृतिकर्मीको सहभागिता रहने एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजमले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजमले सन् २०१४ देखि महोत्सवको आयोजना गर्दै आएको छ । प्रत्येक दुई वर्षमा हुँदै आएको पूर्वनिर्धारित सुन्तला महोत्सव विश्वव्यापी कोरोना महामारीका कारण सन् २०२० मा आयोजना हुन सकेको थिएन ।

हिमालय क्षेत्रका नेपाल, भारत र भुटानमा फल्ने सुन्तला यस महोत्सवका विशेष आकर्षण हुने गरेका छन् । सुन्तलाबाहेक एबोकडो, किवी, अकबरे खुर्सानी, अल्लोको उत्पादन, चुरापोते, आर्ट, पर्यटकीय स्थलका नक्साहरू र हस्तकलाका सामग्री लगायतको समेत प्रदर्शन गरिने एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजमका अर्जुन कार्कीले बताए ।

कार्यक्रममा हेन्डिक्राफ्टका साथै संस्कृति झल्किने बालन, सँगिनीको समेत प्रदर्शन गरिने छ । जस कारण नेपालको संस्कृतिलाई विदेशमा देखाउने अवसर रहेन छ । महोत्सवले छिमेकी देशहरूसँग सांस्कृतिक आदानप्रदान गर्ने अवसर जुराएको कार्की बताउँछन् । महोत्सवकै कारण नेपाल आउने पर्यटकहरू बढेको उनको भनाई छ । विशेष गरी ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्न महोत्सवले सहयोग पुर्याउने छ ।

झापाका सामुदायिक बनमा पाइने जडीबुटीसमेत महोत्सवमा प्रदर्शन गरिने छ । कार्यक्रममा नेपाल पर्यटन वोर्डकोसमेत सहभागिता रहने जनाइएको छ । कार्यक्रममा नेपाली पत्रकार र भारतीय पत्रकारको सहभागितामा चेलीबेटी बेचबिखन नियन्त्रण, दुई देशबिचको व्यापारिक सम्बन्धका विषयमा छलफल कार्यक्रमको तयसमेत गरिएको छ ।

७ करोड जनसङ्ख्या रहेको पश्चिम बङ्गालको राजधानी कोलकतामा हुने सो कार्यक्रमको उद्घाटन पश्चिम बङ्गालका पर्यटन मन्त्रीले उद्घाटन गर्ने छन् । कार्यक्रममा नेपाल, भारत, भुटान, बङ्गलादेशलगायत मुलुकका महामहिम वाणिज्य दूतको उपस्थिति रहने छ ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment