२०७८ मंसीर १२ गते , आईतवार

कमल गाउँपालिकामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने

कमल गाउँपालिकामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने :: Times of Pradesh

कमल । झापाको कमल गाउँपालिकामा प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता हुने भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने सो प्रतियोगिताको बारेमा आज शनिकार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी समितिले जानकारी गराएको हो ।
  झापा जिल्ला भित्रका पालिका स्तरीय हुने उक्त प्रतियोगिता सफल बनाउन खेलकुद समिति सदस्य सुदिप थुलुङको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५१ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेलकुद समितिका सदस्य सचिव तथा कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले बताए । मङ्सिर १४ गतेबाट १६ गते सम्म सो प्रतियोगिता केरखा खेल मैदानमा सञ्चालन हुने खेलकुद समिति सहसंयोजक तेज कुमार राईले बताए ।  

झापा जिल्ला भरीका १५ वटै स्थानीय तहका खेलकुद समितिलाई निमन्त्रणा गरिएको संयोजक सुदिप थुलुङले बताए । ’पालिका स्तरीय भएकोले खेलाडी पनि सोही स्थानीय तह भित्रको नै हुनु पर्नेछ’, उनले भने ।

पत्रकार भेटघाट कार्यक्रम कमल गाउँपालिका खेलकुद समिति संयोजक तथा वडा सदस्य चतुर्भुज सुवेदीको अध्यक्षतामा भएको थियो । जसमा समितिका सहसंयोजक तेजकुमार राई, सदस्य सचिव सूर्य प्रसाद न्यौपाने, सदस्य सुदिप थुलुङ, शान्त कुमार राई भक्त मगर लगायतको उपस्थिति रहेको थियो ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment