२०८१ माघ २ गते , बुधबार

चलचित्र रिभेन्जमा झापाली संचारकर्मी खगेन्द्रको इन्ट्री

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर ४ गते , शनिबार
चलचित्र रिभेन्जमा झापाली संचारकर्मी खगेन्द्रको इन्ट्री

इटहरी  ।  शनिवार इटहरीको इलाइट सिनेमा हलमा ७० वर्षीय शान्ता  पाठकको आँखामा आशु थियो । चलचित्र रिभेन्स हेरेपछि उनको आँखा भरी आँसु देखेपछि हामीले सोध्यौ आमा किन आँखामा आँसु  ? उहाँको जवाफ थियो नेपाली छोरी चेली यसरी नै विदेशमा बेचिँदै छन् । साँच्चै  सत्य घटनाको फिल्म आज हेर्न पाए । अब चाहिँ सचेत हुन्छन् कि उहाँको जवाफ थियो । चलचित्र रिभेन्सको विशेष  सो पूर्वको इटहरीमा भएको छ । पूर्वको विभिन्न  क्षेत्रमा  छायाङ्कन भइरहेको फिल्म आज हलमा प्रदर्शन  भएको हो ।

डिएस डिजिटल सिनेमाको प्रस्तुतिमा बनेको चलचित्र मोरङको तरहराका विभिन्न क्षेत्रमा छायाङ्कन भएको थियो  । शङ्कर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको फिल्म मा नेपाल बाट विदेश मा बेचिएका चेलीबेटीहरूको कथालाई समेटिएको छ । नेपालमै पहिलो पटक साउथ मुभीको झल्को दिने गरी चलचित्र पर्दामा ल्याइएको हो । चलचित्रमा कलाकार रविन श्री ,गङ्गा कुवर ,रोशन बिसी पुष्पराज नेपाल,सञ्चारकर्मी खगेन्द्र घिमिरे खरो ,अमन देव,पदम सुनार,प्रतिका शर्मा, आर जे भिलेन सरूँ बराल,रेणु थापा,विशाल अग्रवाल, दिव्य बिटि सुस्मिता पाण्डे, अम्बिका खड्का रहेका छन् ।

कृष्ण पाण्डेको छायाङ्कन, देव महर्जनको द्वन्द्व, राम महर्जनको नृत्य रहेको चलचित्र ज्येष्ठको द्रोसो साता दर्शक माझ हलमा प्रस्तुत गरिने बताएको छ । यश चलचित्रले दर्शकको मन जित्न सफल हुने निर्माण टिमले विश्वास लिएको छ ।

सम्बन्धित समाचार