२०८२ बैशाख १२ गते , शुक्रबार
अफगानिस्तानको मस्जिदमा बम विष्फोट, कम्तिमा १२ जना मृत्यु

एजेन्सी । अफगानिस्तानको नन्गर्हर प्रान्तस्थित स्पिन घर जिल्लामा रहेको एक मस्जिदमा बम विष्फोट भएको छ । भक्तजनहरू प्रार्थनाका लागि जम्मा भएको बेला भएको विस्फोटमा कम्तिमा १२ जना मारिएको एक तालिबानी अधिकारीले एएफपी न्युज एजेन्सीलाई बताएका छन् ।
‘शुक्रबारको प्रार्थनाका दौरान स्पिन घर जिल्लामा बिस्फोट भएको हो,’ ती अधिकारीले नाम नखुलाउने शर्तमा भने । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले स्थानीयवासीलाई उद्धृत गर्दै स्थानीय समयअनुसार १ बजेर ३० मिनेटमा मस्जिदभित्र बिस्फोट भएको जानकारी दिएको छ ।